प्रधानमन्त्री चीन भ्रमण: आज द्विपक्षीय वार्ता हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ आश्विन २०८०, सोमबार
1 Min Read
Aa
a]Olhª, & c;f]h . k|wfgdGqL k'iksdn bfxfn …k|r08Æ rLgsf] /fhwfgL a]Olhªdf cfOtaf/ cfof]hgf ul/Psf] g]kfn–rLg Jofkf/ ;Dd]ngdf ;Daf]wg ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

बेइजिङ – चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनका चिनियाँ समकक्षीसँग आज द्विपक्षीय भेटवार्ता गर्दै छन्।

प्रधानमन्त्री दाहाल र उनका समकक्षी लि छ्याङसँग ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार १०ः५५ मा भेटवार्ता हुन लागेको हो।

त्यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति अध्यक्ष झाओ लिजीसँग भेटवार्ता गर्नेछन्। भेटवार्ताका लागि प्रधानमन्त्री दाहाल ग्रेटहल अफ दि पिपलमा आइपुगेका छन्। प्रधानमन्त्री दाहाललाई ग्रेट हलमा स्वागत तथा गार्ड अफ अनर प्रदान गरिएको छ।

नेपाल-चीन द्विपक्षीय भेटवार्तापछि आज दुई देशबीच विभिन्न सहयोग एवं सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री दाहालको सम्मानमा चिनियाँ प्रधानमन्त्री लि छ्याङले दिवा भोजको आयोजना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array