प्रचण्डविरुद्धको अवहेलना मुद्दामा मंसिर २८ गते निर्णय सुनाइने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ आश्विन २०८०, आईतवार
1 Min Read
Aa
a]Olhª, & c;f]h . k|wfgdGqL k'iksdn bfxfn …k|r08Æ rLgsf] /fhwfgL a]Olhªdf cfOtaf/ cfof]hgf ul/Psf] g]kfn–rLg Jofkf/ ;Dd]ngdf ;Daf]wg ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाण्डौ – सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मंसिर २८ गते निर्णय सुनाउने भएको छ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले सात वर्ष पुरानो मुद्दामा निर्णय सुनाउने मिति तोकेको हो। द्वन्द्वकालीन मुद्दाबारे माओवादीअध्यक्ष दाहालले २०७३ वैशाखमा विवादास्पद अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिले अदालतको अवहेलना गरेको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

आइतबार दुवैतर्फको बहस सकिएपपछि इजलासले २८ मंसिरमा निर्णय सुनाउने दिन तोकेको हो। आरोप ठहर भएमा अदालतले कैद, जरिवाना वा दुवै सजाय गर्न सक्नेछ । अदालतको अवहेलना मुद्दामा माफी माग्ने अवसर पनि दिन सक्ने कानुनी व्यवस्था छ।

२०७३ वैशाखमा राष्ट्रिय सभागृहमा माओवादी भेलामा दाहालले अदालतमा आफूविरुद्ध षडयन्त्र भएको र माओवादीविरुद्ध अदालतलाई प्रयोग गरिएको भनेर आक्रोश पोखेका थिए ।

त्यतिबेला व्यक्तिहत्याको आरोपमा बालकृष्ण ढुंगेल पक्राउ परेका थिए। गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा चितवनबाट माओवादी कार्यकर्ता छविलाल अधिकारी पनि पक्राउ परेका थिए। दाहालले त्यतिखेर अदालत शान्ति प्रक्रियाविरुद्ध अघि बढ्दै छ भनेर समेत टिप्पणी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्