बारामा बोल्न नसक्ने बालिका बलात्कृत, बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ आश्विन २०८०, शनिबार
1 Min Read
Aa

काठमाण्डौ – बारामा बोल्न नसक्ने बालिका बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ परेका छन्। पक्राउ पर्नेमा निजगढ नगरपालिका १२ बस्ने राना साइँला भन्ने सोमबहादुर लुम्बा रहेका छन् ।

११ वर्षीया ती बलिकालाई जबरजस्ती गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले तत्कालै उनलाई उपचारका लागि कलैया प्रादेशिक अस्पताल पुर्‍याएको थियो । लुम्बालाई सोही रात पक्राउ गरी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्