सरकार र महासंघबीचको सहमतिप्रति राहत शिक्षकको असन्तुष्टि, महासंघले धोका दिएको आरोप, संघर्ष जारी राख्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ आश्विन २०८०, शनिबार
2 Min Read
Aa

काठमाण्डौ – नेपाल राहत शिक्षक केन्द्रीय समितिले शिक्षक महासंघ र सरकारबीच भएको सहमतिलाई धोका र अपमान भएको भन्दै सडक आन्दोलन यथावत् राख्ने भएको छ।

राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले एक विज्ञप्ति जारी गर्दै देशभरका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई शसक्त सडक आन्दोलनमा सरिक हुन आह्वान गरेका छन्।

- Advertisement -
Ad imageAd image

केन्द्रीय अध्यक्षले वार्ता बहिस्कार गरि बाहिरिदा पनि अहिले विभिन्न संचार माध्यम साथै सामाजिक संजालहरुवाट भ्रामक दुष्प्रचारहरु भइरहेको भन्दै राहत शिक्षक केन्द्रीय समितिले आपत्ति जनाएको छ।

‘सडकमा लाखौको संख्यामा शिक्षक तथा कर्मचारीहरु भोक तिर्खा नभनी स्वाभिमान र आत्मसम्मानको खातिर संघर्षरत रहेको यस ऐतिहासिक पृष्टभुमिको विचमा नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच मिति २०८० असोज ५ गते भएको वार्तामा राहत शिक्षक केन्द्रीय समितिको अध्यक्ष वार्ता समितिको सदस्यको हैसियतले सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि अधिकतम प्रयास गर्दा समेत शिक्षक महासंघका केहि पदाधिकारीको निरिहताको अगाडी समस्या समाधान नहुने परिस्थिती सिर्जना भयो। वार्ताको शिलसिलामा सुनियोजित ढंगले सिर्जित परिस्थीतीले सम्पूर्ण शिक्षक कर्मचारीको अपमान हुने र राहत शिक्षकको न्यायोचित स्थायी व्यवस्थापन नहुने भएपछि केन्द्रीय अध्यक्षले वार्ता बहिस्कार गरि बाहिरिदा पनि अहिले विभिन्न संचार माध्यम साथै सामाजिक संजालहरुवाट भ्रामक दुष्प्रचारहरु भईरहेको प्रति खेद प्रकट गर्दै तथाकथित सहमती चार लाख शिक्षक कर्मचारी माथीको भद्दा मजाक, धोखा, अपमान, आम शिक्षक कर्मचारीलाई गुमराहमा राख्ने र झारो टार्ने गरि सार्वजनिक भएको सहमती घोर आपत्तिजनक रहेको नेपाल राहत शिक्षक केन्द्रीय समितिको ठहर रहेकोले चालु सडक आन्दोलन यथावत राख्दै देशभरका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरुलाई शसक्त सडक आन्दोलनमा सरिक हुन आह्वान गर्दै यो विज्ञप्ती जारी गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

सरकार र शिक्षक महासंघबीच भने शुक्रबार साँझ नै ६ बुँदे सहमति भएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्