सरकार र शिक्षकबीच ७ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ आश्विन २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ – आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति भएको छ ।

शुक्रबार गृह मन्त्रालयमा भएको वार्तापछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

- Advertisement -
Ad image

वार्तामा बसेका दुवै पक्षबीच सहमति भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सहमतिका बुँदाहरू केहीबेरमा सार्वजनिक गरिनेछन् ।

सरकारले संसद्मा दर्ता गराएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षकले असोज ३ गतेदेखि काठमाण्डु केन्द्रित आन्दोलन गरिरहेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्