पाकिस्तानसँग नेपाली यू-१९ टिम १-० ले पराजित !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ आश्विन २०८०, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – ७७ औं मिनेटमा पाकिस्तानका अली जफराले गरेको गोल निर्णायक बन्दा नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको छ। यु-१९ साफ च्याम्पियनसिप अन्तर्गत बिहीबार भएको पहिलो खेलमानै घरेलु टोली पराजित भएको हो।

दोस्रो हाफमा तुलनात्मक रुपमा बल पकडमा राख्दै पाकिस्तानको पोस्टमा निरन्तर आक्रमण गरेपनि नेपाल गोल गर्न चुक्दा पाकिस्तानले गरेको एकमात्र गोल घरेलु दर्शकलाई निरास बनाउन पर्यापप्त रह्यो।

- Advertisement -
Ad imageAd image

घरेलु टोली विरुद्ध राम्रो लयमा देखिएको पाकिस्तानले सिर्जना गरेको केही अवसरमा एक अवसरलाई गोलमा परिणत गर्दा पाकिस्तानले ३ अङ्क सँगै सेमिफाइनल सम्भावन बलियो बनायो। पाकिस्तानका लागि जफराले गरेको लामो प्रहार सिंधै गोलमा परिणत भएको थियो।

गोल खाएपछि खेलमा फर्कन नेपालले निरन्तर प्रयास गरेपनि गोल गर्न असफल भयो। नेपालका केही प्रहारलाई पाकिस्तानका गोलरक्षकले उत्कृष्ट बचाउ गरे। उनले पहिलो तथा दोस्रो हाफमा नेपालका राम्रा प्रहारलाई उतृकृष्ट बचाउ गर्दै टिमको अग्रतालाई कायम राखे।

नेपालको अर्को खेल माल्दिभ्ससँग २५ सेप्टेम्बरमा खेल्ने छ। त्यसअघि माल्दिभ्सले सेप्टेम्बर २३मा पाकिस्तानको सामना गर्ने छ। समूह बी अन्तर्गत यस अघि प्रतियोगिताको उद्घाटन खेलमा भारतले बंगलादेशलाई ३-० ले हराएको थियो। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्ने छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्