कैलालीमा एक जनामाथि खुकुरी प्रहार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ आश्विन २०८०, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – कैलालीमा लेनदेनको विषयमा विवाद हुँदा एक जनामाथि खुकुरी प्रहार भएको छ। बर्दगोरिया गाउँपालिका-२ का ४७ वर्षीय रुपबहादुर सुनारमाथि खुकुरी प्रहार भएको हो। खुकुरी प्रहारबाट उनी घाइते भएका छन्।

लेनदेनबारे विवाद हुँदा बुधबार बिहान वडा नम्बर ५ वस्ने ३२ वर्षीय बसन्त साउदले उनीमाथि खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ। साउदले सुनारको घरमै गएर झगडा गरेको प्रहरीले जनाएको छ।

- Advertisement -
Ad imageAd image

आरोपित साउदलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। घाइते सुनारलाई उपचारका लागि नेपालगन्ज पठाइएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्