मधेशमा एमालेको मिसन ग्रासरुट अभियान: ३० प्रतिशत कार्यकर्ता घट्दा होला उद्देश्य पूरा ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०८०, बुधबार
4 Min Read
Aa

महोत्तरी – नेकपा एमाले मधेशमा मिसन २०८४ को अभियानमा जुटेको छ । २०७९ को निर्वाचनमा अप्रत्याशित नतिजासहित ह्याट्रिक गरेको नेकपा एमाले यही विरासतलाई जोगाएर थप कसरी बलियो बन्ने भन्ने अभियानअन्तर्गत रणनीतिक योजनामा जुटेको हो ।

मधेशमा एमालेले अहिले तल्लोस्तरका कमिटीहरुलाई चलायमान बनाउन केन्द्रीय सदस्यहरु आएर प्रशिक्षण दिएका छन् ।आफूलाई मधेशको मसिहा भनेर दाबी गर्ने मधेशवादी दलहरुलाई समेत पछाडी पार्दै नेकपा एमालेले २०७९ सालको निर्वाचनमा पहिलो पार्टी बन्यो ।

मधेशमा प्रत्यक्षमा १५ र समानुपातिकमा ८ गरि २३ सिट जितर पहिलो पार्टी बनेको एमालेले सोही विरासत जोगाउँदै थप उपलब्धि हासिल गर्ने उद्देश्यसहित मिसन २०८४ को अभियानमा छ । मधेशमा आफूलाई बलियो र सशक्त बनाउन एमालेले ईश्वर पोखरेलदेखि योगेश भट्टराईसम्मलाई मधेश दौडाहामा पठाएको छ ।

अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराईलगायत शीर्षस्त नेताहरु मधेशमा आएर प्रशिक्षण दिएका छन् । यसले एमाले मधेशलाई प्राथमिकतामा राखेर चुनावी रणनीति बनाइरहेको देखाउँछ ।

मिसन ग्रासरुट अभियानमा कर्णालीको जिम्मेवारी पाएका योगेश भट्टराई मधेश दौडाहामा पुगे । उनी मधेशमा यसरी आक्रामक रुपले सक्रिय भए । पार्टी सचिवसममेत रहेका भट्टराईले एक महिनामा ४८ वटा त बैठक नै गराएको मधेश प्रचार विभाग प्रमुख सोमप्रसाद शर्माले जानकारी दिए ।

नेकपा एमालेले पछिल्लो समय प्रदेश अधिवेशनको गृहकार्यलाई पनि तीव्र बनाएको छ । पटक–पटक मिति तोक्दै नेताहरुको आन्तरिक कलहले बिथोलिँदै आएको अधिवेशन मिति फेरि साार्दै असोज २५ र २६ लाई तय गरिएको छ ।

यसअघि असोज ५ र ६ लाई निर्धारण गरिएको थियो  । महोत्तरीमा १९ र २० असोज, त्यसपछि  रौतहटमा २२ र २३ असोजमा हुने भनिएको अधिवेशन समेत रोकिएको छ ।

बारा र महोत्तरीमा आन्तरिक विवाद कै कारण हुन नसके पनि रौतहटमा भने प्रभु साह एमालेबाट बाहिरिएपछि पुनः अधिवेशन हुने भएको हो । यसअघि साहले रौतहटको जिम्मेवारी समालेका थिए ।

तर, अधिवेशन भएका ठाउँहरुमा पनि एमालेले पुनः अधिवेशनको तयारी गरेको छ । मधेशका १३६ पालिका, १ हजार २७१ वडा र ११ हजार ४३९ टोलहरुमा अधिवेशन पुनः गरिने एमालेले जनाएको छ ।

सदस्यतामा ३० प्रतिशत कमी

नेकपा एमाले मधेशमा उत्साहित भए पनि पार्टी सदस्यतामा ३० प्रतिशतले कमि आएको छ । तर, यो प्रतिशतलाइ एमालेले स्वाभाविक रुपमा लिएको पार्टीका प्रवक्ता सोमप्रसाद शर्माले बताए ।

‘धेरैजसो विदेशमा छन । कतिपयले पछि गरौँला भन्ने पनि छन्,’ उनले भने, ‘नयाँ सदस्यता भने आक्रामक ढंगले बढेको छ ।’

मधेशमा यसअघि ७१ हजार सदस्य भएको दावी गर्दै १ लाख सदस्य पुर्‍याउने गृहकार्य भइरहेको प्रबक्ता शर्माले वताए ।

मिसन २०८४ के हो ?

नेकपा एमालेले बनाएको मिसन २०८४ निर्वाचनलाई लक्षित अभियान हो । एमाले सचिव योगेश भट्टराईका अनुसार संघ, प्रदेश र स्थानिय तहमा एकल सरकार बनाउने अभियानमा अगाडि बढेको र यो उदेश्य प्राप्ति गरेरै छाडने योजना छ ।

‘५ वटा दलसँग त एक्लै लडेर त्यत्रो सिट ल्यायाैं भने २०८४ मा बहुमत ल्याउँछौँ,’ उनले सार्वजनिक कार्यक्रममै भनेका छन् ।

एकीकृत समाजवादीमा गएकाहरुलाई फर्काउने अभियान

एमालेबाट अन्य पार्टीमा गएकाहरुलाई फर्काउने उद्देश्य पनि मिसन ८४ को उद्देश्य रहेको सचिव योगेश भट्टराईले बताए ।

एमालेबाट गएर एकीकृत समाजवादीका केन्द्रीय सदस्य बनेका डिल्ली उप्रेतीको नेतृत्वमा १५० जना नेता कार्यकर्तालाई एमालेमा फर्काइएको छ । सर्लाहीमा सर्लाहीबाट उनीहरुलाई एमालेमा नै भित्र्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array