देशभरका अस्पतालमा भोलि आकस्मिक बाहेकका सेवा बन्द

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० भाद्र २०८०, शनिबार
1 Min Read
Aa

काठमाण्डौ – नेपाल चिकित्सक संघले भोलि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ। शनिबार विज्ञप्ति जारी गर्दै संघले सेवा बन्द गर्ने जनाएको हो।

मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा आन्दोलन थालिएको संघले बताएको छ ।

- Advertisement -
Ad image

यही भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले उल्लेख गरेको छ। घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो। दोषीमाथि अझै कारबाही नगरिएको भन्दै संघले सेवा बन्दको कार्यक्रम सार्वजनिक गरेको हो।

देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग पनि संघले गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्