मन्त्रिपरिषद्को निर्णयः विभूषण वितरणमा रोकदेखि प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृतसम्म

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ – सरकारले हरेक वर्ष संविधान दिवसका दिन बाँड्दै आएको पदक, विभूषण र अलंकार यस पटक नबाँड्ने निर्णय गरेको छ। आज (शुक्रबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारद्वारा संविधान र गणतन्त्र दिवससहितका उपलक्ष्यमा बाँडिएका पदकहरुबारे बारम्बार प्रश्न उठेपछि यस्तो निर्णय लिएको हो।

सरकारले यसअघि मनलाग्दी बाँड्दै आएका पदकलाई कतिपयले अस्वीकार गर्दै आएका थिए। राष्ट्रका लागि योगदान गरेका व्यक्तिलाई दिनुपर्ने पदक पहुँचवालाका आसेपासेसम्म पुग्न थालेपछि यसको महत्व पनि घट्दै गएको थियो।

- Advertisement -
Ad imageAd image

त्यसैगरी सरकारले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी मन्त्रिपरिषद्ले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुस छूट गरी १०/१० हजार मेट्रिक टन चिनी आायात गर्न स्वीकृति दिएको छ ।

त्यसैगरी, सिंचाई नीति, २०८० स्वीकृत गर्ने, नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने, प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत गर्ने र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडित जनताको न्यायिक समस्या स्थायीरुपमा समाधानका लगि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्