सहकारीमार्फत ठगी गरेको आरोपमा जिबी राई पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाण्डौ – सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राई पक्राउ परेका छन्। सहकारीमार्फत ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीले आजै जिल्ला अदालत कास्कीबाट राईविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। पक्राउ पूर्जी जारी भएसँगै राईलाई प्रहरीको अपराध महाशाखाले पक्राउ गरेको हो।

- Advertisement -
Ad imageAd image

उक्त सहकारीका पदाधिकारीविरुद्ध कास्की प्रहरीमा ९७१ जना निक्षेपकर्ताहरुले उजूरी दिएका थिए। आफूहरुको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेर फरार रहेको भन्दै उनीहरुले प्रहरीमा उजूरी दिएका थिए।

उनी ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालकसमेत हुन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्