समाजवादी मोर्चाले आज हेटौंडामा सन्देशसभा आयोजना गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – समाजवादी मोर्चाले आज बागमती प्रदेशमा सन्देशसभा आयोजना गर्ने भएको छ ।

७ वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आइतबार हेटौंडामा सन्देशसभा आयोजना गर्न लागिएको हो । सन्देशसभा हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो २ बजेवाट सुरु हुनेछ ।

- Advertisement -
Ad imageAd image

सभामा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नेछन् ।

माेर्चाले सुदुरपश्चिम प्रदेशबाहेक अन्य सबै प्रदेशमा सन्देशसभा सम्पन्न गरिसकेकाे छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्