६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

काठमाण्डौ – गत महिना बरामद गरिएको ६० किलो सुन प्रकरणमा थप तीन जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले थप तीन जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

- Advertisement -
Ad imageAd image

नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार यसरी थप पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाद्धय कमल परियार र वीरेन्द्र नेपाली रहेका छन्।

सो ६० केजी सुन तस्करी पक्राउ प्रकरणमा उनीहरूको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको जनाईएको छ । यो सँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्