मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या ८०० नाघ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

एजेन्सी – मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या ८०० नाघेको छ ।

भूकम्पमा परी ८२० जनाको मृत्यु हुनुका साथै ६७२ जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर (४४ माइल) दक्षिण पश्चिममा उच्च एटलस पर्वतमा रहेको बताएको छ । यसको केन्द्र जमिनको सतहबाट १८.५ किलोमिटर गहिराइमा रहेको बताइएको छ ।

भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढा रहेको राजधानी रबातमा पनि महसूस गरिएको थियो । कासाब्लान्का र एसाउइरामा पनि भूकम्पको धक्का महसूस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array