एसिया कप: अफगानिस्तानलाई हराउँदै बंगलादेशले कायम राख्यो शीर्ष चारको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाण्डौ – आफ्नो पहिलो खेलमा श्रीलंका सँग पराजित भएको बंगलादेशले दोस्रो खेलमा अफगानिस्तानलाई पराजित गर्दै शीर्ष चारको सम्भावना कायम राखेको छ। आइतबार भएको समूह ‘बी’ को दोस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ८९ रनले पराजित गर्दै शीर्ष चारको सम्भावना कायम राखेको हो।

समूह ‘बी’ मा बंगलादेशले दुई खेलमा एक जित हासिल गरेको छ। अब समूहको अन्तिम खेलमा श्रीलंका र अफगानिस्तानको खेलपछि शीर्ष चारमा पुग्ने दुई टिमको तय हुने छ। खेलमा श्रीलंका र बंगलादेशको समान २-२ अङ्क रहेको छ।

- Advertisement -
Ad imageAd image

पाकिस्तानको लाहोरमा भएको खेलमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ गर्दै अफगानिस्तान विरुद्ध ३३४ रनको स्कोर बनाएका थियो। बंगलादशेका लागि नजमुल होसेइन सान्तोस र मेहदी हसनले सतकीय इनिङ खेलेका थिए।

हसनले ११२ रनको इनिङ खेल्दा सान्तोषले १०४ रनको स्कोर बनाएका थिए। उसका लागि मोहम्मद नावीले २८ रन बनाउँदा मुस्फिकर रहीमले २५ रन बनाए त्यस्तै कप्तान सकिब अल हसनले ३२ रनको स्कोर बनाए।

३३५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४४.३ ओभरमा अलआउट हुँदै २४५ रनमा अलआउट भयो। अफगानिस्तानका लागि इब्राहि जाद्रानको ७५ रन सर्वाधिक रह्यो। त्यस्तै कप्तान हस्मतुल्लाह साहिदीले ५१ रन बनाउँदा रहमत साहले ३३ र रसिद खानले २४ रनको इनिङ खेलेपनि टिमको हार टार्न पर्याप्त भएन्। अफगानिस्तानलाई सस्तैमा समेट्न तास्किन अहमेदले ४ विकेट लिंदा सोर्फुल इस्लामले ३ विकेट हात पारेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्