धर्मनिरपेक्षताको नाममा हिन्दूलाई अपमानित गर्ने काम भएको छ: राजेन्द्र लिङ्देन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

बुटवल – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धर्मनिरपेक्षताको नाममा हिन्दू समाजलाई अपमानित गर्ने काम भएको बताएका छन् ।

शनिबार बुटवलमा गोरक्षा बृहत शान्ति र्‍यालीलाई सम्बोधन गर्दै उनले देशमा चलेको आन्दोलन हिन्दूराज्य पुनःस्थापनामा पुगेर टुंग्याउनुपर्ने बताए । हिन्दू राष्ट्र पुनःस्थापना र गौमाताको रक्षाको मुद्दा राप्रपाले मात्र उठाउँदै आएको उनले बताए ।

हिन्दू समाजको अपमानविरुद्ध जागरण आउनु सकारात्मक भएको उनले बताए । ‘नेपालमा ८१ प्रतिशतभन्दा धेरै मानिसहरू जन्म, कर्मले हिन्दू, ९ प्रतिशतभन्दा बढी बुद्ध धर्म र ३ प्रतिशत किरात धर्ममा विश्वास राख्नेहरू बसोबास गर्छन्,’ उनले भने, ‘ओमकार परिवार सधैं एकजुट भएर लाग्नुपर्छ ।’

राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रले देशमा हिन्दू राष्ट्र हुँदा आफ्नै परिचय भएको र कुनै धार्मिक विभाजन नदेखिएको बताए । नेपालमा भएको राजनीतिक परिवर्तनको समयमा कुनै पनि समझदारी वा सम्झौतामा हिन्दू राज्य खारेज गर्ने र धर्मनिरपेक्ष बनाउने कुरा नरहेको दाबी गर्दै उनले देशमा जातीय द्वन्द्व सिर्जना गर्ने गलत मनासाय राख्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

Array