एमाले लुम्बिनी प्रदेश अधिवेशन आजदेखि, यस्तो छ तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

काठमाण्डौ – नेकपा (एमाले) लुम्बिनी प्रदेशको नेतृत्व छनोटका लागि आज र भोली पहिलो अधिवेशन हुँदैछ ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनमा प्रदेशका १२ जिल्लाका प्रतिनिधि सहभागी हुने एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले बताइन् । अधिवेशनका लागि जिल्लाबाट प्रतिनिधि र कार्यकर्ता बुटवल पुुगिसकेका छन् ।

सम्मेलनमा १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट एक सय जना बराबर एकजना र २३ वटा जनसंगठनबाट ८३ जना गरी १००४ जना प्रतिनिधि छनोट भएका छन् ।

सम्मेलनमा रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् ।

प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार अधिवेशनले यसअघि ५ सय ७६ सदस्यीय रहेको प्रदेश कमिटीलाई २०५ सदस्यीय बनाउनेछ ।

अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कंडेल, प्यूठानका हरि रिजाल र दाङका लक्ष्मण आचार्य प्रतिस्पर्धामा छन् । अन्तिममा कंडेल र रिजालबीच नै प्रतिस्पर्धा हुने सम्भावना बलियो छ ।

सम्मेलन उद्घाटनमा बुटवलका १९ वटै वडा, छिमेकी पालिका तथा जिल्लाबाट करिब दश हजार कार्यकर्ता सहभागी हुने र बुटवलको राजमार्ग चौराहबाट जुलुस तथा झाँकी निस्कने छ ।

प्रतिक्रिया दिनुहोस्

Array