रगत बगाएर ल्याएको परिवर्तन रक्षाको निम्ति नयाँ लडाइँमा जानुपर्छ: प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रगत बगाएर ल्याएको परिवर्तनको रक्षाका निम्ति नयाँ लडाइँमा जानुपर्ने बताएका छन् ।

समाजवादी मोर्चाको शुक्रबार आयोजित गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले नयाँ लडाइँमा जानुपर्ने चेतना आएको बताए ।

- Advertisement -
Ad imageAd image

‘परिस्थितिले हामीलाई के सिकाउँदैछ भने हामी विभाजित भएर होइन, एकताबद्ध भएर हामी आफैंले रगत बगाएर ल्याएको परिवर्तनको रक्षाको निम्ति फेरि एउटा नयाँ लडाइँमा जानुपर्छ भन्ने चेतना आयो,’ उनले भने ।

पार्टी एकताको हतार गर्दा दुर्घटना हुने सम्भावना बढी हुने भएकाले समाजवादी मोर्चामार्फत देशलाई सुशासन र समृद्धितर्फ लैजाने कामहरू गरिरहेको उनले बताएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्