विश्व हिन्दु परिषद् नेपालद्वारा रंगेलीमा शान्तिपूर्ण र्‍यालीको आयोजना, किराँत र हिन्दु भिडाएर साम्प्रदायिकता बढाउने खेल मेयर साम्पाङले नबुझेको आरोप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०८०, बुधबार
2 Min Read
Aa

मोरङ – यतिबेला जतासुकै धरान नगरकै चर्चा छ । मुलधारका दलिय उम्मेदवारलाई चक्मा दिंदै स्वतन्त्र चुनाव चिन्ह लिएर उठेका हर्क साम्पाङ निर्वाचित भएदेखि नै कुनै न कुनै रूपमा धरान चर्चाको केन्द्रमा छ । तर, पछिल्लो केही दिनदेखि भने धरान साम्प्रदायिकता र गौहत्या प्रकरणका कारण चर्चामा छ ।

खासगरी नेशनल मंगोल अर्गनाइजेसन र क्रिश्चियन मिसीनरीको खेल बुझ्न नसक्दा धरान साम्प्रदायिकताको भूमरीमा फस्न लागेको आशंका गरिदैं छ । विश्व हिन्दु परिषद् नेपालद्वारा रंगेलीमा आयोजित शान्तिपूर्ण र्‍यालीमा सहभागीहरूले समेत धरानका मेयर साम्पाङको असक्षमताकै कारण धरानमा गौवंश हत्या भएको भन्दै दोषीहरूलाई तत्काल कार्वाही गर्न समेत माग गरेका छन् ।

- Advertisement -
Ad imageAd image

परिषद्ले आयोजना गरेको शान्तिपूर्ण र्‍यालीमा विश्व हिन्दु परिषद् नेपालका जिल्ला अध्यक्ष रमेश कुमार चापागाईं, जिल्ला सदस्य राजन भट्टराई, रंगेली इकाई सचीव पारस मण्डल, श्याम मुरारी अग्रवाल, रुपेश मण्डल, कैलाश प्रसाद मण्डल गौशालाका अध्यक्ष अमित अग्रवाल, राजेश गोल्यान, प्रकाश चिनारिया, वडा सदस्य सरस्वती बहरदार, नगर युवा संयोजक गोविन्द झा, स्थानीय बुद्धिजीवी, समाजसेवी, धार्मिक गुरुहरू सहित सर्वसाधारणहरूको उल्लेख उपस्थिति थियो ।

शान्तिपूर्ण र्‍यालीमा सहभागीहरूले गौहत्या बन्द गर, गाई आमा समान हुन्, गाई मार्न पाइदैंन, गाई काट्नेलाई फाँसी दे लगायतका नारा लगाउँदै ब्यानर सहित रंगेली बजार परिक्रमा गरेका थिए । र्‍यालीमा सहभागीहरूले क्रिश्चियन मिसीनरीको हिन्दु र गैरहिन्दु भिडाउने उदेश्य बुझ्न नसक्दा दु:खद घटना घटेको उल्लेख गर्दै संविधान मिच्दा पनि मेयर साम्पाङ टुलुटुलु हेरेर बस्दा समस्या समाधान हुनुको साटो अझै साम्प्रदायिकता बढ्न सक्ने भन्दै चिन्ता समेत व्यक्त गरेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्