श्री शाके १९४५ वि सं २०८० भदौ १३ गते बुधबार इश्वी सन २०२३ अगस्त ३० तारीख श्रावणशुक्ल पक्ष चतुशर्दशी तिथी धनिष्ठा नक्षत्र अतिगण्ड योग भद्रा करण चन्द्रमा मकर राशिमा पश्चात कुम्भ राशिमा आनन्दादि योगमा मित्र योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु पूर्णिमाव्रत, शिवकोपवित्ररोपण, बाजुरामा बढीमालिका मेला – ज्यो.प. सरोज घिमिरे
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): चलाखीपूर्ण बोलीले गरेको कार्यसिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्नमा आउला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): महत्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ, तर साँझमा धन हात पर्नसक्छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्धमा मधुरता छाउने छ । रोकिएको धन हात पर्ला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आज कार्यमा अवरोध आउला । मालसामान हराउने वा नोक्सानी हुनसक्छ । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ, तर लामो यात्रा सफल हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । पठनपाठनमा प्रगति हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आफन्तजनसँग मनमुटाब बढ्ने छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नु पर्नेछ । आफन्त तथा विश्वास गरेकैहरुबाट धोका हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): श्रमको उचित मूल्याङ्कन हुनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहनेछ र कुनै कुराले मनमा शान्ति छाउला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आज धर्म, कर्ममा रुचि बढ्ने छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका अधुरा कार्यको थालनी हुनेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ । अतिथिको सेवा पनि होला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने छ । कार्य सिद्धिको योग छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शुभकार्यको चर्चा चल्ने छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आज शुभ कार्यमा सरिक भइनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आज वित्तीय संस्थाबाट सहयोग पाइनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा पनि चल्नेछ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्