टिकटक बन्द गराउन माग गर्दै युवराज सफलले दिए निवेदन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०८०, मंगलवार
1 Min Read
Aa

सामाजिक अभियन्ता युवराज पौडेल सफलले नेपालमा टिकटक बन्द गराउन माग गर्दै सरकारकी प्रवक्ता तथा सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्मासमक्ष निवेदन दिएका छन् । उनले टिकटकले नेपालमा अराजकता फैलाएको र यसको नियमन पनि नभएको  गुनासोसमेत गरेका छन् ।

सफलले आफ्नो निवेदनमा टिकटकको प्रयोगले नेपालमा छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लिलता अपराध वृद्धि भएको तर्क गरेका छन् ।

उनको निवेदनमा भनिएको छ ‘तत्कालका लागि टिकटक बन्द गराउन माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । साथै, टिकटक चलाउनै परेको खण्डमा पहिले नेपालमा सञ्चालन अनुमति लिन लगाउने र टिकटक सञ्चालन मापदण्ड, आचारसंहिता लागू गराउने र फेक आइडीहरुलाई चल्न नदिने वातावरण बनाई टिकटकलाई कानूनी दायरामा ल्याउन समेत माग गर्दछु’ ।

प्रतिक्रिया दिनुहोस्

Array