कुखुरा चोरेको भन्दै छिमेकीले निर्घात कुटपिट गर्दा ९ वर्षीय बालकको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०८०, आईतवार
1 Min Read
Aa
हत्या

रुकुमपश्चिममा छिमेकीको कुटपिटबाट एक बालकको मृत्यु भएको छ। मुसिकोट नगरपालिका- ४ ताङतुंगेका ९ वर्षीय भुवन विकको छिमेकीको कुटपिटको कारण शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ।

कुखुरा चोरेको आरोपमा ७ भदौमा स्थानीय रामबहादुर बुढाथोकीले बालकलाई निर्घात कुटपिट गरेका थिए। बुढाथोकीकै कुटपिटबाट बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

- Advertisement -
Ad imageAd image

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार कुटपिटबाट गम्भीर बिरामी परेका बालकलाई उपचारको लागि शनिबार बिहान जिल्ला अस्पताल सल्ले लगिएको थियो।

अस्पताल लगेपछि स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। कुटपिटबाट गम्भीर घाइते भएका बालकलाई २ दिनसम्म उपचार नगरी घरमै राख्दा उनको अवस्था चिन्ताजनक बनेको थियो।

बालकलाई कुटपिट गर्ने बुढाथोकीलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ। बुढाथोकी पनि बोल्न नसक्ने अपांगता भएका व्यक्ति हुन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्