डा. रविन्द्र प्रसाद ढकाल नास्टको सचीवमा नियुक्त, शुक्रबारबाटै कार्यभार सम्हाले

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

डा. रविन्द्र प्रसाद ढकाल नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)को सचीवमा नियुक्त भएका छन् । भदौ ३ गतेको मन्त्रीपरिषद् बैठकले उनलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नास्टकै प्रविधि संकाय प्रमुख रहेका ढकाल सचीवमा नियुक्त भएसँगै शुक्रबारदेखि नै नियुक्ति पत्र बुझेर कार्यभार सम्हालेका छन् । नवप्रवर्तन, अनुसन्धान र आविष्कारको क्षेत्रमा अझै धेरै काम गर्ने नवनियुक्त सचिव ढकालले प्रतिबद्धता समेत व्यक्त गरेका छन् । नवप्रवर्तन र आविष्कारको क्षेत्रमा ढकाल अब्बल नवनियुक्त ढकाल निष्कलंक सरकारी अफिसरको रूपमा परिचीत छन् ।

विज्ञान तथा प्रविधिमा नेपाल पछि परेको अवस्थामा ढकालको सचीव नियुक्तिले नास्टमा उत्साहको वातावरण बनेको नास्टमै कार्यरत कर्मचारीहरूको भनाई छ । बजेट अभाव, गुणस्तरीय ल्याबको कमी लगायतका विभिन्न समस्याको समाधान गर्नु सचिव ढकालको पहिलो चुनौती रहेको बताइन्छ ।

वरिष्ठ वैज्ञानिक अधिकृतका रूपमा सन् २०११ देखि आवद्ध छन् । सचीव नियुक्त हुनुअघि सम्म उनी मुख्य वरिष्ठ वैज्ञानिक अधिकृत तथा प्रविधि संकायको रूपमा कार्यरत ढकाललाई लगनशील अनुसन्धान अधिकृतको रूपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array