संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने रास्वपाको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ ११ गते हुने संसदीय समितिको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

रास्वपाको आज साँझ बसेको संसदीय दलको बैठकले समितिको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

समिति सभापतिमा उमेदवारी दिन उमेदवारसहित प्रस्तावक र समर्थक गरी तीनजना अनिवार्य चाहिने भएकाले रास्वपाले आफ्नो क्षमताले भ्याउने सबै समितिमा सभापतिका लागि उमेदवारी दिने निर्णय गरेको हो ।

राष्ट्रियसभा र प्रतिनिधिसभा गरी १२ वटा संसदीय समितिमा सभापति चयन गर्न बाँकी छ। साउन २२ गते कांग्रेस, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र जनमत पार्टीले सभापतिको भागवन्डा गरेका थिए।उक्त सहमतिप्रति रास्वपा असन्तुष्ट रहेको छ ।

बैठकमा पार्टी सभापति रवि लामिछानेले लम्पी स्किनसम्बन्धी सार्वजनिक महत्त्वको विषय भदौ १७ गतेपछि बस्ने संसद्को बैठकमा छलफल गर्ने निर्णय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

Array