झापामा ड्युटीमा रहेका प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार, अवस्था गम्भीर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिले झापाका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवालमाथि बञ्चरो प्रहार भएको छ।

कटुवाललाई बिहीबार साँझ ७ बजेतिर एक युवाले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका हुन्।

- Advertisement -
Ad imageAd image

झापाको पूर्वपश्चिम राजमार्गस्थित झरना खोला नजिक नियमित सवारी जाँचमा प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी खटिएका थिए।तीन जना युवा सवार एउटा मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा एक युवाले बञ्चरोले कटुवाललाई अचानक प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।

घाइते प्रहरी निरीक्षक कटुवालको टाउको र हातमा गम्भीर चोट लागेको छ। बिर्तामोडको बिएण्डसी अस्पतालमा उनको उपचार भइरहेको छ।

प्रहरीले आक्रमणमा संलग्नसहित तीनै जना युवालाई नियन्त्रणमा लिएको छ। आक्रमणमा संलग्न युवा मादकपदार्थ सेवन गरेर लठ्ठ भई मोटरसाइकलमा सवार रहेको पाइएको प्रहरीले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्