रूसको वाग्नर समूहका प्रमुखसहित १० जनाको विमान दुर्घटनामा मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ भाद्र २०८०, बिहीबार
1 Min Read
Aa

रुसमा बुधबार एउटा विमान दुर्घटना भएको छ । यस दुर्घटनामा दश जनाको मृत्यु भएको बताइएको छ । यो विमान दुर्घटना मस्को र सेन्ट पिटर्सबर्ग बीच भएको थियो। रुसको निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको पनि विमान दुर्घटनामा मृत्यु भएको छ ।

रुसको संघीय यातायात एजेन्सीले विमान दुर्घटनामा ज्यान गुमाउनेको सूचीमा येभगेनी प्रिगोजिनको नाम पनि समावेश गरेको छ । प्रिगोजिन बाहेक अन्य ६ जना यात्रु र तीन जना चालक दलका सदस्यको नाम पनि मृत्यु हुनेको संख्यामा परेको छ ।

रुसको टभर सहरमा प्रिगोजिनको विमान दुर्घटनामा परेको थियो । तर, विमानलाई गोली हानेर खसालेको हो वा हावामा नै विष्फोट भएको हो भन्ने खुल्न सकेको छैन ।

यो जुनमा रुस विरुद्ध वाग्नर समूहको असफल विद्रोह पछि मात्र यो स्पष्ट भयो कि यसका प्रमुख येभगेनी प्रिगोजिनलाई सजाय दिन सकिन्छ।

रुसी यातायात एजेन्सीले विमानमा मारिएका व्यक्तिहरूको सूचीमा वाग्नर समूहका सह-संस्थापक दिमित्री एटकिनको नाम पनि समावेश गरेको छ। टेलिग्राम च्यानल ‘ग्रे जोन’ ले पनि एटकिन मारिएको बताएको छ । ‘ग्रे जोन’ वाग्नर समूहसँग सम्बन्धित रहेको मानिन्छ।

रुसको टभर सहरमा भएको विमान दुर्घटनामा मारिएका सबै १० जनाको शव फेला परेको छ । दुर्घटनास्थलबाट विमानको भग्नावशेष भेटिएको छ । आपतकालीन सेवालाई उद्धृत गर्दै समाचार एजेन्सी इन्टरफ्याक्सले विमानको खोजी कार्य पूरा भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array