नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ भाद्र २०८०, मंगलवार
0 Min Read
Aa

सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

- Advertisement -
Ad imageAd image

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि श्रेष्ठ सोमवार प्रधानन्यायाधीशमा नियुक्त भएका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे लगायत उपस्थित रहेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्