शितलनिवासमा आज सर्वदलीय बैठक बस्दै, संसद खुलाउने विषयमा सहमति होला?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

राष्ट्रपति भवन शितलनिवासमा सर्वदलीय बैठक बस्दैछ। बैठक मंगलबार बिहान ८ बजे बस्न लागेकाे हाे। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

संसद्‌को गतिरोध अन्त्य गर्ने विषयमा राष्ट्रपतिले दलहरूसँग छलफल गर्न लागेका हुन्।

नेकपा एमालले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ।

पटक-पटकको छलफलपछि पनि संसद् अवरोध खुलाउने विषयमा दलहरूबीच समझदारी नबनेपछि राष्ट्रपति पौडेलले दलहरूको बैठक बोलाएका हुन्।

एक सय किलो अवैध सुन तस्करीकाे विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध पार्दै आएकाे छ। यस विषयमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयाेग नबनेसम्म संसद अवरुद्ध पारिरहने एमालेले बताउँदै आएकाे छ।

एमालेले उच्चस्तरीय छानबिन समिति गठनलाई बटमलाइन बनाउँदा सत्तापक्ष भने अहिले सरकारकै छानबिनलाई पारदर्शी बनाएर जानुपर्ने पक्षमा उभिएको छ।

साउन २९ गते बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनकाे बैठकले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न आवश्यक नभएको निष्कर्ष निकालेको थियाे।

प्रतिक्रिया दिनुहोस्

Array