कोशी प्रदेश सरकार फेरि संकटमा ! राप्रपाका पूरै र एमालेका केही सांसद भोलि अनुपस्थित हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

कांग्रेस नेतृत्वको कोशी प्रदेश सरकार फेरि संकटमा पर्ने देखिएको छ। मुख्यमन्त्री उद्धव थापाले भोलि(सोमबार) विश्वासको मत लिने प्रायोजनले प्रदेशसभाको आह्वानहुँदा प्रतिपक्षी दलद्धय एमाले र राप्रपाका कारण मुख्यमन्त्री थापा नेतृत्वको सरकार संकटमा परेको हो।

सभामुखले राजीनामा बुझाएर राज्यमन्त्री बनेपछि उपसभामुखले सम्हालि रहेको प्रदेशसभामा उपसभामुख नै उपस्थित हुने वातावरण देखिएको छैन।

एमालेबाट उपसभामुख रहेकी सिर्जना दनुवारसहित केही ज्येष्ठ सांसदहरू भोलिको सभामा उपस्थित नहुने एक स्रोतले बताएको छ।

स्रोतका अनुसार उपसभामुखले बैठक सञ्चालन गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउने र उपसभामुख नहुँदा वा उनको उपस्थितिमा बैठक सञ्चालन गर्दा ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने हुँदा बैठकमा उपसभामुख उपस्थित हुनेछैनन्।

त्यस्तै, उपसभामुख नहुँदा एमालेका ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने हुँदा एमालेले केही ज्येष्ठ सदस्यहरूलाई भोलिको प्रदेशसभामा अनुपस्थित गराउने योजना थालेको छ।

यस्तै, राप्रपाले पनि आफ्ना सबै सदस्यहरूलाई बैठकमा अनुपस्थित गराउने तयारी गरेको स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

Array