संसद् अवरोध खुलाउन राष्ट्रपति पौडेलले बोलाए सर्वदलीय बैठक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ भाद्र २०८०, आईतवार
0 Min Read
Aa

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । मंगलबार शीतलनिवासमा राष्ट्रपति पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन् ।

सुन तस्करी प्रकरणमा नेकपा एमालेले उच्चस्तरीय न्यायिक छलफल गठनको माग राख्दै गत साउन १० देखि संसद् बैठक अवरुद्ध पार्दै आएको छ । आजैमात्रै पनि प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा सर्वदलीय बैठक राखेका थिए । तर , उक्त बैठक निष्कर्षविहीन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array