सीआईबीले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सोमवार बुझाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितानिवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा सोमवार बुझाउने भएको छ ।

अभिलेखीकरणको सबै काम नसकिएपछि आइतवार बुझाउने भनेको अनुसन्धान प्रतिवेदन सीआईबीले सोमवार बुझाउने भएको हो । सरकारी वकिलको कार्यालयले अनुसन्धान प्रतिवेदन गत शुक्रवार पेस गर्न ताकेता गरेको थियो। तर, सीआईबीले प्रतिवेदन लेखनको काम भइरहेको भनेर शुक्रबार प्रतिवेदन पेस गर्न नभ्याउने जानकारी गराएको थियो।

सरकारी जग्गा व्यक्तिको बनाउँदा सरकारी कागजात तथा दस्तखत किर्ते भएको प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ। संगठित रुपमा नै किर्ते भएको कसुरमा सीआईबीले अनुसन्धान गरेको हो। किर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न ६० दिनको समय हुन्छ। यो अवधि सकिनै लाग्दा सीआईबीले अनुसन्धान प्रक्रिया सकेको छ ।  ललिता निवासको जग्गा प्रकरणमा हाल १८ जना सीआईबीको हिरासतमा रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्