बागेश्वर बाबा र प्रधानमन्त्री प्रचण्डबीच आज भेटवार्ता हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्दैछन् ।

शुक्रबार विहान नेपाल आईपुगेका बागेश्वर बाबाले अहिले बिहान ९ बजे प्रधानमन्त्रीलाई भेट्ने तय भएको छ। प्रधानमन्त्रीसँग शुक्रबार साँझ नै भेट्ने समय तोकिएको भएपनि शुक्रबार बेलुका पशुपतिनाथ दर्शनमा समय लागेपछि आजलाई भेटघाटको कार्यक्रम सारिएको थियो । उनी प्रधानमन्त्रीलाई भेटेपश्चात् तिन दिने कथा वाचनका लागि आजै शास्वतधामतिर लाग्नेछन् ।

चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा भदौ ४ गतेसम्म नवलपरासीस्थित शाश्वतधाममा हनुमन्त कथा वाचन गर्न बागेश्वर बाबा नेपाल आउन आईपुगेका हुन् ।

बागेश्वरधाम सरकारका नामले चर्चित बागेश्वर बाबा आध्यात्मिक गुरुका रूपमा परितिच छन्। उनले भारतसहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको बखान गरिरहेका छन् ।

सर्वसाधारणले आफ्नो दुःख लिएर बागेश्वर धाम सरकार कहाँ जाँदा उनले पर्ची हेरेर उनको मनको कुरा, विगत र दुःख निवारणको उपायहरु बारे बताउने गर्दा भारतमा कलिला उमेका प्रसिद्ध बाबाको रुपमा प्रख्यात भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array