मुगु जिप दुर्घटनामा चार जनाको मृत्यु, पाँच जना घाईते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

मुगुको सोरु गाउँपालिका–७ चिप्लेगाडामा सोमबार बेलुका भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

सोरु गाउँपालिकाबाट जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग१ज ७७६२ नंको बोलेरो जिप सोमबार बेलुका दुर्घटनामा परेको थियो । दुर्घटनामा चालकसहित पाँच जना जना घाईते भएका छन् ।

- Advertisement -
Ad imageAd image

मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार दुर्घटनामा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थरका दुईजना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन्।

त्यस्तै, मुगु सोरु गापा–७ सिप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजङ्ग नेपाली, सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा दुर्घटनामा घाईते भएका छन् । जिप सडकबाट दुई सय मिटर तल खसेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्