बाढीबाट खतरा देखिएपछि कोसी ब्यारेजका सबै ढोका खोलिए, पूर्वपश्चिम राजमार्ग बन्द

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

कोसी नदीमा आएको बाढीका कारण उच्च खतरा देखिएपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका एकैपटक खोलिएका छन्।

सप्तरी र सुनसरी जिल्लाको बीचमा सप्तकोसी नदीमाथि निर्मित १ हजार १ सय ७५ मिटर लामो पुललाई कोसी ब्यारेजको नामले चिनिन्छ। जसले पूर्वपश्चिम राजमार्गलाई जोडेको छ। बाढीले रातिदेखि ब्यारेजमा उच्च खतरा देखिएपछि सबै ढोका खोलिएका हुन्।

- Advertisement -
Ad imageAd image

आज (सोमबार) बिहान ४ बजेदेखि अहिलेसम्म निरन्तर रूपमा ब्यारेजमा प्रतिसकेन्ड ४ लाख ६२ हजार ३ सय ४५ क्युेसेक पानी उच्च गतिमा बगिरहेको छ।

कोसी ब्यारेजका सबै ढोका खोल्नुपरेको यो तेस्रोपटक हो भने पानीको उच्च बहाव २५ वर्षपछि यति धेरै भएको हो। पूर्वपश्चिम राजमार्ग जोड्ने कोसी ब्यारेजमा अहिले आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्