सुन तस्करी प्रकरण र संसद अवराेधका विषयमा एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै लगातार संसद अवरुद्ध पार्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोही विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ।

एमाले मुख्यालय च्यासलमा दिउँसो विशेष पत्रकार सम्मेलन गर्दै क्विन्टल सुन तस्करी प्रकरण र संसद अवरोधका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ।

एमाले प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार वर्तमान समसामयिक राजनीतिक, संसदको गतिरोध र क्विन्टल सुन तस्करीका विषयमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्नेछ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थलमा बरामद गरेको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानविन समितिको माग गर्दै लगातार संसद अवरुद्ध पार्दै आइरहेको छ। लगातार संसद अवरुद्ध भएपछि एमालेमाथि संसद खुलाउन दबाव परेको छ।

एमालेले संसद अवरोध गरेको १३ दिनपछि गत मंगलबार मंगलबार १३ दिनपछि सदनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने सहमति पछि खुलेको सदन एमालेले फेरि अवरुद्ध गरेको छ।

सरकारले सुन तस्करी प्रकरणको छानविन गर्ने जिम्मा सिआईबीलाई दिएको छ। सत्तापक्षका सांसदहरुले हालकै निकायले गरिरहेको छानबिन प्रक्रियाबाटै निष्कर्षमा पुर्‍याउनुपर्ने तर्क गरिरहेका छन्।

तथापि प्रतिपक्षी एमाले भने संसदीय छानबिन समित गठन गरेर सुन काण्डको छानबिन गर्नुपर्ने अडानबाट पछि हटेको छैन। सोही विषयमा आज एमालेले आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो।

 

प्रतिक्रिया दिनुहोस्

Array