सोमवार बिहान नयाँ मन्त्री अनिता साहले शपथ लिदैँ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

जनमत पार्टीबाट मन्त्री बन्न लागेकी अनिता कुमारी साहको शपथ सोमवार हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार साहको शपथ सोमबार बिहान १० बजेका लागि तय भएको छ।

जनमतलाई सरकारमा सहभागी गराउन नेकपा माओवादी केन्द्रले आफ्ना नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको छ ।

- Advertisement -
Ad imageAd image

अनितादेवीलाई सोही मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। असार अन्तिम साता माओवादीको कोटामै जनमतलाई भित्र्याउने सत्ता गठबन्धनमा सहमति भएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्