आजदेखि सुरु हुँदै इंग्लिस प्रिमियर लिग: च्याम्पियन सिटीले नवप्रवेशी वर्नलीको सामना गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

इंग्लिस प्रिमियर लिग फुटबलको २०२३-२४ सिजन शुक्रबारबाट सुरु हुँदैछ। विश्वकै चर्चित र प्रतिष्ठित क्लब प्रतियोगिताको पहिलो खेलमा साविक च्याम्पियन सिटीले वर्नलीको सामना गर्नेछ। बर्नली दोस्रो श्रेणीको लिग च्याम्पियनसिपबाट च्याम्पियन हुँदै प्रिमियर लिगमा बढुवा भएको हो।

सिटी वर्नलीको मैदानमा पाहुना टिमका रुपमा सहभागी हुँदै छ। नेपाली समय अनुसार मध्यराति १२:४५ बजे सुरु हुने खेलमा दुवै च्याम्पियन टोली प्रिमियर लिगमा पहिलो जितको लक्ष्यमा रहेका छन्।

- Advertisement -
Ad imageAd image

गत सिजन लिगको अधिकांश समय आर्सनलभन्दा पछि रहेपनि सिटीले अन्तिम समयसम्म आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिन सहजै च्याम्पियन बनेको थियो।

सिटीका लेजेन्ड खेलाडीका रुपमा रहेका भिनसेन्ट कोम्पनी आफ्नो पुरानो टिमलाई पहिलो पटक हराउने अभियानमा रहेका छन्। कोम्पनीले बर्नलीलाई सनसनिपूर्ण रुपमा प्रिमियर लिगमा बढुवा मात्र गराएन्न च्याम्पियन समेत बनाउँदै वर्नलीको नयाँ अध्याय सुरुवात गराएका छन्। उनले खेलाडीका रुपमा सिटीका लागि १० मुख्य उपाधि जित्दा टिमका निर्विकल्प सदस्य रहेका थिए।

लिगको पहिलो चरणमा शनिबार ६ खेल हुनेछन्। जहाँ आर्सनलले नटिङहम फरेस्टसँग खेल्दा। बर्नमाउथले वेष्टहमसँग, ब्राइटनले नवप्रवेशी लुटनसँग, एभरटनले फुलहमसँग र सेफिल्ड युनाइटेडले क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्नेछ।

आइतबार उपाधि दाबेदार चेल्सी र लिभरपुलबीच प्रतिस्पर्धा हुँदा ब्रेन्टफोर्ड र टोटेह्याम भिड्ने छन्। त्यस्तै सोमबार म्यानचेष्टर युनाइटेडले वल्भ्ससँग खेल्दा लिगको पहिलो चरण सकिने छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्