प्रचण्डसँग देउवाको खटपट: धुम्बाराही पुगे गृहमन्त्री श्रेष्ठ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ धुम्बाराही पुगेका छन्। शुक्रबार  देउवा भेट्न धुम्बाराही पुगेका गृहमन्त्री श्रेष्ठ करिब आधा घण्टा धुम्बाराहीमा बसेका थिए ।

गृहमन्त्री श्रेष्ठको कामकारवाहीबाट रूष्ट देखिएका देउवा पछिल्लोपटक कांग्रेस सांसद सुनिल शर्मा पक्राउ परेपछि झन् रूष्ट देखिएका थिए। गृहमन्त्री श्रेष्ठ देउवासँग सम्बन्ध सुधार्नका लागि धुम्बाराही नै पुगेको देउवानिकट स्रोतले बताएको छ।

कांग्रेस संसदीय दलको बैठकमा अधिकांश सांसदहरुले वर्तमान सरकारका गृहमन्त्रीले आफ्नो दलका नेताहरुमाथि प्रतिशोध साँधेको गुनासो पोखेका थिए ।

स्वयम सभापति देउवा पत्नी आरजु राणाले पनि अहिलेको सरकार भारत र पाकिस्तानको सरकारको मोडेलमा गएजस्तो भान भएको टिप्पणी गरेकी थिईन् । उनले भारत र पाकिस्तानका सरकारले विपक्षीहरुमाथि छानी छानी प्रतिशोध साँध्ने काम गरेको स्मरण गराएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

Array