भारी वर्षाले देशका अधिकांश नदीमा पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa
s}nfnLsf] ehgL 8'afgdf nDsL, !( c;f/ M sf9f gbLdf kfgLsf] axfj a9]kl5 8'afgdf k/]sf] s}nfnLsf] ehgL . ehgL gu/kflnsf / hf]zLk'/ ufpFkflnsfdf ;of}F 3/ 8'afgdf k/]sf 5g . t:jL/ M b'uf{ b]jsf]6f ÷/f;;

काठमाडाैंमा उपत्यकामा आज बिहानैदेखि भारी वर्षा हुँदा नदीहरूमा जलसतह बढेकाे छ । जल तथा माैसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासमा भारी वर्षा भएको जनाएकाे छ ।

भारी वर्षासँगै देशका विभिन्न क्षेत्रमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ । हाल बागमतीको जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदी तटीय क्षेत्रमा हुनेहरूले आज बेलुका सम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

- Advertisement -
Ad imageAd image

त्यस्तै बर्दियाको बबई र कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको छ । दाङका लमही र लालमटिया तथा बाँकेको कुसुमस्थित वर्षा मापन केन्द्रमा पनि भारी वर्षा मापन भएको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कमला नदी, सिन्धुली रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । सिन्धुलीबाट तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा रहनेहरू बिहान अबेरसम्म सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै कञ्चनपुर र कैलालीको धेरै स्थानमा भारी वर्षा भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्