क्यानडा पठाइदिन्छु भन्दै रकम ठगि गर्ने महिला पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका-६ घर भई हाल काठमाण्डौको बुढानीलकण्ठ बस्‍ने २७ वर्षीया फूलमाया जिरेल रहेकी छन्। उनलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिनभवनबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपरा अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। उनले पीडितबाट पटक-पटक गरी ३ लाख ७४ हजार रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्