चार कैदी सरुवा गर्न खोज्दा झापा कारागारमा तनाव, कैदीबन्दीले गरे तोडफोड र आगजनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

चारजना कैदीलाई अर्को ठाउँमा सार्ने विषयलाई लिएर विवाद हुँदा कैदीबन्दीहरुले झापा जिल्ला कारागारमा आगो लगाएका छन्।

कारागार व्यवस्थापन विभागको पत्रअनुसार कैदी मनोज लावतीसहिच चारजना कैदीलाई सुनसरीस्थित झुम्का कारागार पठाउन लागिएको विरोधमा कैदीहरुले आगजनी गरेका हुन्। तर कैदीबन्दीहरुले के गल्ती गरेको छ र? सरुवा गर्ने भनेर प्रशसानविरुद्ध आन्दोलन गरेका हुन्।

- Advertisement -
Ad imageAd image

झापा कारागारमा अहिले १४ सय ६० कैदीबन्दी छन्। उनीहरुले भित्रबाट ढुंगा र शिशा पनि हानेका थिए। त्यससँगै साइकलको टायर बालेर केही संरचनामा आगजनी गरेका थिए।

उनीहरुले सुरक्षामा तैनाथ प्रहरीलाई ढुंगामुढा गर्नुका साथै कारागारमै आगजानी गरेका छन्। उनीहरुले चर्को नाराबाजी गर्दै आन्दोलन गरेका हुन्।

अवस्था तनावग्रस्त भएपछि अहिले प्रहरी नायव उपरीक्षक नेतृत्वमा एक टोलीलाई पठाएको थियो। तर उक्त टोलीलाई कैदीहरुले कारागार प्रवेश गर्न पनि समस्या भएको छ।

कैदीबन्दीहरुले कारागार प्रमुख मोहन पनेरुलाई हटाउन माग गर्दै नाराबाजी गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर पनि गरेको छ। कारागारभित्रको आगो नियन्त्रण गर्न दमकल नै प्रयोग गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीले केहीबेर अवस्था तनावग्रस्त भएको बताए। उनले अहिले अवस्था नियन्त्रणमा ल्याउन थप सुरक्षा टोली तैनाथ गरिएको जानकारी दिए।

अवस्था नियन्त्रणमा आएपछि कैदीबन्दीहरुसँगको संवाद भइसकेको उनले बताए। रेग्मीले तत्काल ती कैदीहरुलाई सरुवा नगरिने निर्णय भएको पनि जानकारी दिएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्