प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सहमति जुट्न नसकेपछि संसद बैठक स्थगित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो ।

सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक सदन सञ्चालनका सन्दर्भमा ‘सहमति’ जुट्न नसक्दा स्थगित गरिएको जनाइएको छ। आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसदको अवरोध हटाउने विषयमा छलफल भएको थियो ।

- Advertisement -
Ad imageAd image

उक्त छलफलमा अध्यक्ष ओलीले सुन प्रकरणको छिनोफानो नभएसम्म सदन चल्न नदिने प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिएका थिए । आज पनि एमालेले संसद अवरुद्ध गर्ने भएपछि आज बोलाइएको संसद बैठक स्थगित गरिएको हो ।

१ क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरिनुपर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागका कारण संसद् बैठक अवरुद्ध हुँदै आएको थियो। यसअघि साउन १० गतेको प्रतिनिधि सभा बैठक एमालेकै अवरोधका कारण स्थगित भएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्