महेन्द्रनगरको होटलमा बेहोस भेटिएका युवकको मृत्यु, सँगै बसेकी युवती पक्राउ, होटलमा भेटियो विषादीको बट्टा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

महेन्द्रनगरको एक होटलमा सँगै बसेका युवकको मृत्यु भएपछि युवती पक्राउ परेकी छन्। आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि कैलालीको धनगढी उपमहानगरपालिका–१४ की युवती पक्राउ परेकी हुन।

शुक्रबार महेन्द्रनगरस्थित होटलमा बास बसेका कैलालीको धनगढी उपमहानगरपालिका–४ बोराडाडीका ३७ वर्षीय विष्णु पनेरुको शनिबार उपचारको क्रममा मृत्यु भएको थियो। बेहोस भेटिएका उनको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

- Advertisement -
Ad imageAd image

पनेरुको परिवारले धनगढीकै एक युवतीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएका थिए। ती युवती मृतक पनेरुसँगै धनगढीबाट महेन्द्रनगर आएर होटलमा बसेकी थिइन्।

पनेरुको मृत्यु घटनाको अनुसन्धानका लागि ती युवतीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले जानकारी दिए।

मृतकका आफन्तले घटना शंकास्पद भएको भन्दै ती युवतीविरुद्ध जाहेरी दिएका हुन।

प्रहरीका अनुसार बसेको होटलको विषादीको बट्टा पनि भेटिएको थियो। घटना सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी डाँगीले बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्