डिशहोमका इन्टरनेट प्रयोगकर्ता तीन लाख पुगे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

डीटीएच तथा फाइबर इन्टरनेट सेवाप्रदायक डिशहोमका इन्टरनेट प्रयोगकर्ता तीन लाख पुगेका छन् । २०७७ देखि सेवा सुरु गरेको कम्पनीले हालै यो आँकडा पार गरेको हो । यसै अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण ग्राहकलाई धन्यवाद पनि दिएको छ ।

डिशहोम फाइबरनेटका कार्यकारी उपाध्यक्ष रमेश सापकोटाले आफूहरुले सेवा सुरु गरेको तीन वर्षकै अवधिमा कम्पनीले अहिलेको उपलब्धि हासिल गर्न सफल भएको जनाए । ​डिशहोमले पछिल्लो समय गरेको आक्रामक बजार विस्तार, दिएको गुणस्तरीय सेवा आदिका कारण अहिलेको आँकडा कम समयमा पार गरेको सापकोटाको भनाई छ ।

हाल डिशहोम फाइबरनेट देशका सात प्रदेशका २८ बढी जिल्लामा विस्तार भएको छ । कम्पनीले इन्टरनेट विस्तारसँगै बिक्रीपछिको सेवामा समेत ध्यान दिँदै आएको सापकोटाको भनाइ छ । हाल डिशहोमले फाइबरनेट अन्तर्गत सिक्स-जी राउटरसहित ७५, १००, १५०, २००, २५०, ३०० र ६०० एमबीपीएसको प्याकेज पनि उपलब्ध गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array