त्रिभुवन विमानस्थलमा फेरि भेटियो अवैध सुन, भारतीय नागरिक पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०८०, बिहीबार
0 Min Read
Aa

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पुनः अवैध सुन बरामद गरेको छ । बिहीबार अवैध रुपमा भन्सार छलि लैजान लागेको ५८ ग्राम सुनसहित प्रहरीले भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई पक्राउ गरेको हो ।

हिमालय एयरलाइन्सको उडानद्वारा दोहा कतारबाट काठमाण्डौ आएका सिराजलाई आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा सुनसहित पक्राउ गरेको जनाइएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्