३५ तोला सुनसहित पक्राउ परेका डीएसपी ठगबहादुर केसी बर्खास्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन् । गृहमन्त्रालयले ३५ तोला सुनसहित पक्राउ परेका केसीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरेको हो ।

प्रहरी प्रधान कार्यालयले डीएसपी केसीलाई जागिरबाटै हटाउन गृह मन्त्रालयमा सिफारिस गरेको थियो। गत पुस ११ गते डीएसपी केसी व्यापारीको ३५ तोला सुनसहित पक्राउ परेका थिए । उनले सुन लुटेको आरोपमा तत्कालीन एसएसपी चन्द्रकुवेर खापुंगको नेतृत्वमा छानविन समिति बनाइएको थियो। समितिले केसीले गम्भीर गल्ती गरेको निस्कर्ष निकालेको थियो ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्