प्रधानमन्त्री आउँछन्-जान्छन्, गठबन्धनकाे मुल नेता शेरबहादुर देउवा हुन् : महामन्‍त्री थापा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री आउने-जाने क्रम चलिरहेने भए पनि मुल नेता कांग्रेस सभापति शेरबहादुर देउवा नै भएको बताएका छन्। कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले गठबन्धनको  प्रमुख नेता सभापति देउवा भएकाे बताएका हुन् ।

‘यो गठबन्धनको नेता प्रमुख मान्छे हाम्रो आदरणीय सभापति शेरबहादुर देउवा हो। प्रधानमन्त्री आउने-जाने क्रम चल्छ तर यसको नेता नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा हो।’, उनले भने । ‘गठबन्धन सरकारमा हाम्रा केही शर्तहरु छन्। जसमा डेमोक्रेसी हाम्रो आधारभूत शर्त हो। गठबन्धन टिकाउनुपर्छ भन्‍ने नाममा हाम्रा आधारभूत मान्यतामा सम्झौता नगरौं। गर्नु हुँदैन।’

- Advertisement -
Ad imageAd image

त्यस्तै महामन्त्री थापाले पार्टीका कुनै नेतालाई फौजदारी अभियोग लागे निलम्बन गर्नुपर्ने लिखित प्रस्ताव राखेका छन् । ‘कुनै पनि व्यक्तिमाथि फौजदारी अभियोग लाग्छ भने पार्टीसँग अलग राख्नुपर्छ, त्यस्तो अवस्था हुन्न भने निलम्बन गर्नुपर्छ ।’, उनले भने ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्