सुन प्रकरणको अनुसन्धान स्वतन्त्र रूपमा निष्कर्षमा पुग्छ : गृहमन्त्री श्रेष्ठ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने बताएका छन्। बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा सुरक्षा निकायका पूर्व उच्चअधिकारीहरूसँग छलफल गर्दै दोषीलाई छिट्टै कानुनी दायरामा ल्याउने बताएका हुन्।

अनुसन्धानलाई गम्भिरतापूर्वक अगाडि बढाउने उनले बताए । ‘अनुसन्धानको बारेमा यो घटना घटे पनि, नघटे पनि जुन घटना हुन्छ। हाम्रो स्टयाण्डबाइ निर्देशन छ। धानमन्त्रीको पनि स्टयाण्डबाइ निर्देशन छ। जुनसुकै निकायले गर्नुपर्ने भए पनि, जुनसुकै घटना भए पनि निर्दोष नफसून,’ उनले भने।

- Advertisement -
Ad imageAd image

यस्तै उनले अध्यागमन विभागमा प्रहरीको उपस्थितिलाई सुनिश्चित गर्ने विषयमा पनि छलफल गरेको बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्