एमाले सचिवालय बैठक: कोशी प्रदेश सरकार भंग गर्न माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० असार २०८०, शनिबार
1 Min Read
Aa

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेश सरकार तत्काल भंग गर्न माग गरेको छ । साथै नयाँ सरकार गठनको संविधानसम्मत प्रक्रिया सुरु गर्न आग्रह गरेको छ ।

शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले कोशी सरकार असंवैधानिक रुपमा गठन भएको भन्दै तत्काल भंग गर्न माग गरेको हो । उक्त बैठकले सत्ता गठबन्धन संविधानको उल्लंघन, संवैधानिक संस्थाहरुमा हस्तक्षेप गर्दै लोकतन्त्रलाई जगैदेखि खलबल्याउने काममा उद्दत रहेको निष्कर्ष निकालेको छ ।

कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष पेश गरेको दाबीमा सभामुख बाबुराम गौमतले समेत हस्ताक्षर गरेका थिए । सोही हस्ताक्षरसमेत गणना गरेर प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array