एमाले अध्यक्ष ओली र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ असार २०८०, शुक्रबार
1 Min Read
Aa

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ । शुक्रबार अपरान्ह अध्यक्ष ओली र अमेरिकी सहायक विदेशमन्त्री लुबीच च्यासलमा  शिष्टचार भेटवार्ता भएकाे हाे ।

डोनाल्ड लु एमसीसी कार्यान्वयनसहितका मुद्दा लिएर एक दिने नेपाल भ्रमणमा आज बिहानै काठमाडौं उत्रिएका हुन्। यसअघि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरिसकेका छन्।

- Advertisement -
Ad imageAd image

ओलीसँगको भेटवार्तामा अमेरिकी राजदूत डिन आर थम्पसन पनि सहभागी थिए । उक्त भेटमा एमाले उपमहासचिव विष्णु रिमाल, एमाले विदेश विभाग प्रमुख राजन भट्टराई र सदस्य अन्जन शाक्य पनि सहभागी थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्